असार २०, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजिनामा माग गरेको छ। नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आज बसेको राष्ट्रियसभा बैठक अवरुद्ध समेत गरेको छ ।
केही
दिनअघि प्रधानमन्त्रीले सरदार प्रितम सिंहको बारमा दिएको अभिव्यक्ति बारे
टिप्पणी गर्दै त्यस भनाई एमालेले आफूहरुलाई स्वीकार्य नभएको भन्दै राजीनामा माग
गरेको हो ।
राष्ट्रियसभा बैठकमा बुधबार
दिउँसो एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको
इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताएका छन ।
- न्युज बहार संवाददाता