Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै होइन : मनिष झा

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, काठमाडौँ । उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका छन् ।

सांसद झाले आज बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराएका हुन ।

उनका अनुसार नेपाली कांग्रेसले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाएका छन ।

  • न्युज बहार संवाददाता

थप