Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

  •   ३ वर्ष अघि | ११ फाल्गुन २०८०, शुक्रबार

फागुन ११, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । शुक्रबार बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकमा  सुनाउने कार्यसुची रहेको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले पेस गर्ने तयारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

यसैगरी आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव दिलकुमारी थापाले प्रस्तुत गर्ने कार्यसुची रहेको छ । 

  • न्युज बहार संवाददाता

थप