मंसिर ६,
काठमाडौँ । माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित
क्षेत्र घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुने
भएको छ।
अधिवक्ता
भद्रप्रसाद नेपाल र प्रेमराज सिलवालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता
गराएका थिए ।
सिलवालले
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट निवेदन
दर्ता गराएका छन् ।
त्यस्तै
वारेसमार्फत भद्रप्रसाद नेपालले दर्ता गराएको रिटमा गृह मन्त्रालय, जिल्ला प्रशासन
कार्यालय काठमाडौँर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी
बनाइएको छ ।
- न्युज बहार संवाददाता