वैशाख १९, काठमाडौँ । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा रोजगारी गर्ने सबैलाई सरकारले स्वास्थ्य बीमाको आबद्धता अनिवार्य गरेको छ ।
आगामी
आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ ।
स्वास्थ्य
बीमा अहिलेसम्म स्वेच्छिक रूपमा गर्न सकिने व्यवस्था थियो । सरकारले यसअघि स्वास्थ्य
बीमा गर्न प्रोत्साहन मात्रै गर्दै आएको थियो । अब आगामी आर्थिक वर्षको नीति तथा
कार्यक्रम मार्फत सरकारले अनिवार्य गर्ने व्यवस्था गर्न लागेको हो ।
- न्युज बहार संवाददाता