फागुन १,
काठमाडौँ । मंगलबार काठमाडौँमा व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ
महाअभियान नेपालले शक्ति प्रदर्शन गर्दैछ । काठमाडौँको टुँडिखेलमा प्रसाईंले
कार्यक्रम गर्ने तयारी गरेका थिए तर त्यस ठाउँ खाली नभएकोले जिल्ला प्रशासन
कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
प्रसाईंले
कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सहभागी गराउने दाबी गरेका थिए । तर, यति बेला पूर्व राजा
ज्ञानेन्द्र शाह चितवनमा रहेका छन् त्यसेले उनी कार्यक्रममा सहभागी नहुने बताइएको
छ ।
प्रसाईंका
अनुसार अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी
हुने छन् भने काठमाडौँका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा भेला हुने
तयारी छ ।
- न्युज बहार संवाददाता