साउन २५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यतिबेला डोजर लिएर वडा ७ नम्बर कपन पुगेको छ। डोजर सहित कपनको खहरे खोलामाथि बनेका घरटहरा भत्काउन गएको महानगरको टोलीको स्थानीयले विरोध गरेका छन् ।
साततले नजिकै बुढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाको सिमानामा पर्ने खहरे खोलामा सेटब्याक नछोडी खोला मिचेको, खोलाको जमिन मिचेर घर बनाएको भन्दै महानगर डोजर लिएर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताएका छन ।
अहिले महानगरविरुद्ध बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने डोजर आतंक गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
त्यस्तै काठमाडौँ महानगरपालिका ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् । दुबै पक्षको अबरोधले अहिले डोजर चल्न सकेको छैन ।
- न्युज बहार संवाददाता