जेठ २९, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने निर्णय जेठ ३२ गते हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ ।
आज सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि जेठ ३२ गते निर्णय गर्ने भएको छ।
कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए ।
- न्युज बहार संवाददाता