Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज बहस सकिएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रहेका उनको थुनछेक बहस सकिएको हो ।

बुधबार बिहान प्रतिवादी तर्फका वकिलहरूले बहस गरेपछि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले जबाफी बहस गरेका थिए।

सबैको बहस सकिएपछि लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा वकिलहरूको बहस सकिएको हो। 

मुद्दाको पुर्पक्ष कसरी हुने भन्ने  विषयमा अब न्यायाधीश अधिकारीले आदेश गर्नेछन्। 

  • न्युज बहार संवाददाता

थप