असोज १८, नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तीन दिनदेखि लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।
आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ ।
- न्युज बहार संवाददाता