साउन १८,
काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने छ ।
हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज पनि चल्नेछ। हिजोको बैठकमा १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् ।
बैठकमा समसामयिक
राजनीतिक विषय, पार्टीको मङ्सिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा
सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी छलफल भइरहेको छ ।
- न्युज बहार संवाददाता