भदौ २६, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि बुधबारसम्म नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले अहिले नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको जनाएका छन ।
राति १ बजे पूर्वसभामुख समेत रहेका नेम्वाङलाई हृदयघात भएको थियो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राती १ बजे हृदयघात भएपछी उपचारका लागी त्रिवि शिक्षण अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको
निधनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लगायत अन्य शिर्ष नेताहरु बिहानै अस्पताल पुगेका छन् भने राष्ट्रपती, प्रधानमन्त्री
तथा अन्य दलका नेताहरुले नेम्वाङको निधन प्रति आफू मर्माहत र स्तब्ध भएको बताएका छन ।
- न्युज बहार संवाददाता