असार १०, काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुने र विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसुची रहेको छ।
त्यसैगरी बैठकमा मन्त्रीहरूले आजदेखि सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुदैछ।
- न्युज बहार संवाददाता