Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभरका शिक्षकहरू १५ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

बैशाख ३, काठमाडौँ । देशभरका शिक्षकहरू १५ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन । जारी आन्दोलन शिक्षक महासङ्घको नेतृत्वमा जारी रहेको छ । उक्त थप आक्रामक बन्दै गइरहेको छ । दिनप्रतिदिन आन्दोलनमा शिक्षकहरूको सङ्ख्या बढ्दै गएको छ । 

यतिबेला महासङ्घले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरिरहेको छ । आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको महासङ्घका नेताहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा रहेको छैन । 

  • न्युज बहार संवाददाता

थप