फागुन ८, काठमाडौँ । सरकारका नाममा अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
सोही रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरु महेश शर्मा पौडेल र मनोजकुमार शर्माको इजलासले विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन परमादेश जारी गरेको हो ।
- न्युज बहार संवाददाता