बैशाख
२६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका प्रतिनिधि सभा
सदस्य सुहाङ नेम्वाङको आज शपथ ग्रहण आज हुने भएको छ ।
आज बिहान
११ बजे सभामुख देवराज घिमिरेले नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको
लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने कार्यक्रम रहेको छ ।
इलाम २ बाट गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७
हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।
- न्युज बहार संवाददाता