बैशाख २, काठमाडौँ। वर्षमान
पुन माओवादी नेताको आमा बस्ने घरमा गोली चलेको छ।
७४ वर्षीया तीर्थमाली पुन मगर वर्षमान पुन की आमा हुन उनी बालुवाटारस्थित घरमा बस्दै आएकी छीन। सोही घरमा गएराती करिब १० बजे तिर गोली चलेको हो।
भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका प्रहरीकाले जानकारी दिएको छ।
प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले वर्षमानकी आमा तीर्थमालीको खुट्टामा गोली लागेर घाइते भएको र उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको जानकारी दिएका छन।
एसएसपी जिसीले प्रकाश पुनले बोकेको हतियार मिस्ह्यान्डलिङ भएर पड्केको बताएका छन। एसएसपी जिसीले भने ‘कसरी मिसह्यान्डल भयो, अनुसन्धान गर्दैछौं।’
उकत् घटनापछि पक्राउ गरी प्रकाश पुनलाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा राखिएको छ।
- न्युज बहार संवाददाता