Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले शिक्षा विधेयक २०८०’ माथी संशोधन प्रस्ताव राख्ने

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथी रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक छलफलपछि संशोधन राख्ने जनाएको छ ।  रास्वपाले यस सम्बन्धमा आफुहरुले विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको र सरोकारवाला, विज्ञहरूसँग परामर्श गरी आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने स्पष्ट पारेको छ । संसदमा दर्ता भएको  ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’  का विपक्षमा काठमाडौँमा शिक्षकहरुले आज पनि प्रदर्शन गरिरहेका छन ।

बिहीबार रास्वपाका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै उक्त विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौँमा थालेको आन्दोलनप्रति पार्टी संवेदनशील रहेको जनाएका छन् ।  

सार्वजनिक विज्ञप्तिमा सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नु पर्ने र पढ्ने विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुपर्ने तथा ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर मा रास्वपाले  जोड दिएको बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप