असार २०, काठमाडौँ । महामन्त्री एवं
प्रवक्ता मुकुल ढकाललाई रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले पदबाट निलम्बन
गरेको छ ।
रास्वपाले महामन्त्री
एवं प्रवक्ता मुकुल ढकाललाई बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र
अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
सहप्रवक्ता
मनिष झाले केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर
ढकाललाई सात दिनका लागि निलम्बन गरिएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता