जेठ १५, काठमाडौँ । रेशमलाल चौधरी आज जेलबाट छुटेका छन। टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका हुन ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको अवसरमा आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।
आइतबार बिहान मन्त्रिपरिषद्ले रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । १५ वर्षमा ५ वर्ष तीन महिना जेल सजाय काटिसकेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।
- न्युज बहार संवाददाता