बैशाख ३, काठमाडौँ । रास्वपा - राष्ट्रिय
स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । भोलि (बिहीबार) दिउँसो
२ बजे बस्नेगरी कार्यबाहक सभापति डीपी अर्यालले बैठक आह्वान गरेका हुन् ।
उक्त बैठक पार्टी
केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बताइएको छ ।
बैठकमा
अघिल्लो बैठकका निर्णय, पार्टी
गतिविधि, सदस्यहरूको
रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यबाहक प्रवक्ता मनिष झाले
जनाएका छन ।
- न्युज बहार संवाददाता