चैत
१९, काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो बारा-२
मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने पक्का भएको छ।
यसअघि उक्त क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरिरहेको बताएका महतोले आइतबार आफू उम्मेदवार नबन्ने बताएका हुन्। महतोले उक्त क्षेत्रको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको जानकारी दिएका छन।
महतोले भने, ‘मेरो पहिला पनि उठ्ने चाहना होइन तर जनताले मलाई उठ्नुपर्छ भनेका थिए, अब पार्टीले गठबन्धनको उम्मेदवारलाई सघाउने निर्णय गर्यो। पार्टीभन्दा माथि म होइन, पार्टी गठबन्धनमा भएकाले गठबन्धनको उम्मेदवारलाई मैले सघाउनु पर्छ।’
- न्युज बहार संवाददाता