भदौ
२४, काठमाडौँ । आज मंगलबार बिहानदेखि मानिसहरू बानेश्वरस्थित संसद भवनअगाडि भेला
हुन थालेका छन्। उनीहरू संसद भवनको मुख्य गेट नजिकै जम्मा भएर प्रधानमन्त्री र
सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
यद्यपि प्रहरीको भनाइमा, सोमबारको प्रदर्शनपछि केही व्यक्ति
बानेश्वर क्षेत्रमा अवस्था बुझ्नका लागि मात्र आएका हुन्।
यसैबीच, प्रशासन कार्यालयले मंगलबार बिहान ८:३०
बजेदेखि काठमाडौँ चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ।
- न्युज बहार संवाददाता