Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भीमदत्त नगरपालिकामा आजदेखी १ साताका लागी निषेधाज्ञा

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । एक साताको लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकामा ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ।

राप्रपाले केही दिनयता संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ । राप्रपाले संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो । स्थानीय प्रशासनले त्यसलाई मध्यनजर गर्दै दुई पक्षबिच झडप हुने आशङ्कामा निषेधाज्ञा जारी गरेको हो ।

राप्रपाले आज बिहीबार भीमदत्त नगरपालिकामा जनभेला आयोजना गरेको छ । भेलामा सहभागी हुनलका लागी भनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता ज्ञानेन्द्र शाही, नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत कञ्चनपुर पुगेका छन् । 

  • न्युज बहार संवाददाता

थप