Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा।

जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा।

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

चैत ३, काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको खुसियालीमा सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई ३-३ लाख रुपैयाँ सम्मानस्वरूप सरकारले दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना समेत दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ।

खेलाडीहरूलाई सम्मान र शुभकामना अनि बधाई दिदै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन। उनले सामाजिक सञ्जालमा यसरी खुसि व्यक्त गरेका छन उनि लेख्छन ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ, देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’

 

  • न्युज बहार संवाददाता

थप