साउन ६, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड साउन ८ देखि १० गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगै इटाली जाने टोलिमा राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, र प्रधानमन्त्री सचिवालयकी सदस्य तथा प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल पनि रहेका छन।
इटालीमा हुने सो सम्मेलनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
- न्युज बहार संवाददाता