Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्वास्थ्य बिमामा देखिएको समस्याबारे समाधानकालागि प्रधानमन्त्रीको छलफल

  •   ८ महिना अघि | २२ माघ २०८२, बुधबार

माघ २१, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्याबारे समाधान खोज्न सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार यस विषयमा बुधबार सम्बन्धित पक्षहरूसँग बैठक आयोजना गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे छलफल हुने जनाइएको छ।

पछिल्लो समय स्वास्थ्य बिमा बोर्डबाट बिमाबापतको रकम समयमै प्राप्त नभएपछि देशका विभिन्न स्थानका अस्पतालहरूले सेवा बन्द गर्ने निर्णय लिन थालेका छन्।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि भुक्तानी नपाउँदा नियमित सेवा दिन कठिनाइ भइरहेको गुनासो गर्दै आएका छन्।

  • न्युज बहार संवाददाता

थप