बैशाख
१७, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल भारतबाट आज बेलुकी स्वदेश फर्किने भएका
छन्।
स्वास्थ्य उपचारका लागी भारत गएका पौडेल स्वास्थ्यमा सुधार भएसँगै भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किन लागेका हुन। राष्ट्रपति कार्यालयले उनको आज बेलुका नेपाल फर्कने कार्यक्रम तय भएको जानकारी दिएको छ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने जानकारी दिएका हुन।
- न्युज बहार संवाददाता