फागुन
२८, काठमाडौँ। देशका लागी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजवाट सकिँदैछ।
राष्ट्रपति भण्डारी पाँच वर्षे आफ्नो कार्यकाल सकिएपछि आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। बूढानिलकण्ठस्थित निजी निवासमा भण्डारी आज नै सर्ने तयारीमा छिन्।
विद्यादेवी
भण्डारी त्यसअघि पनि एक कार्यकालका लागी राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणा
भएपछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकी थिइन्।
यता
फागुन २५ गते नै नयाँ राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले सोमबार शपथ
लिने कार्यक्रम छ। शपथ लिए पछी उनी निजी निवास बोहराटारबाट राष्ट्रपति निवास शिलत निवास सर्ने स्रोतबाट
जानकारी प्राप्त भएको।
- न्युज बहार संवाददाता