भदौ २७, काठमाडौँ । ६० किलो सुन मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको जानकारी गराएको हो । दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका सुन प्रकरणको अनुसन्धानमा संलग्न रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जनाएका छन ।
- न्युज बहार संवाददाता