बैशाख २१, काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरेको आरोपमा अझै कम्तीमा १० जना जती पक्राउ पर्ने देखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०/११ जना पक्राउ पर्न सक्ने बताएका छन ।
यस प्रकरणमा अहिलेसम्म इन्द्रजित राई, टंककुमार गुरूङ, सानु भट्टराई, केशव दुलाल, सन्देश शर्मा, टेकनारायण पाण्डे, सागर राई र सन्दीप रायमाझी पक्राउ परिसकेका छन्।
- न्युज बहार संवाददाता