मंसिर १, काठमाडौँ । सर्वोच्च अदालतमा टिकटकलाई
प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै रिट निवेदन पुगेको छ ।
शुक्रबार अधिवक्ता
दिनेश त्रिपाठी रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा
रहेको छ ।
रिट
निवेदनमा टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको
शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको जिकिर गरिएको छ ।
त्रिपाठीले
अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै टिकटक बन्द गर्ने सरकारको
निर्णय बदरको माग गरेका छन् ।
- न्युज बहार संवाददाता