भदौ ६, काठमाडौँ । मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो ।
आज बिहान काठमाडौँको वीर अस्पतालमा मन्त्री किरातीका बुवा हर्कबहादुर राईको निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिएका छन ।
मन्त्री किरातीका बुवा लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।
- न्युज बहार संवाददाता