फागुन ६,
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकको समय आज बिहान ११ बजेका लागी राखिएको
सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रममा सांसदहरूले
सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त
कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यक्रम पनि आजको लागी तय गरिएको छ ।
- न्युज बहार संवाददाता