साउन ५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
यही विषयमा आज शुक्रबार मध्याह्न गृहमन्त्री श्रेष्ठले विमानस्थल भन्सार कार्यालयको अनुगमन समेत गरेका छन।
अनुगमन गरिसकेपछी पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने समेत बताएका छन ।
मन्त्री श्रेष्ठले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया हामी अघि बढाउँछौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको छ।’
- न्युज बहार संवाददाता