Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शपथ ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल।

उनलाई प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

  •   ४ वर्ष अघि | २९ फाल्गुन २०७९, सोमवार

फागुन २९, काठमाडौँ। आज सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति पौडेलको शपथग्रहण शीतल निवासमै हुने बताइएको छ। 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्। शपथ ग्रहण पछि पौडेल पाँच वर्षका लागि शीतल निवासमा बस्नेछन् । 

गत फागुन २५ राष्ट्रपति पदमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट अलग भएका छन। उनले नेपाली कांग्रेस पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।

राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था रहेकोले पौडेलले कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गरि आफू पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन्। 

  • न्युज बहार संवाददाता

थप