बैशाख
१४, बुटवल। लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त
भएका छन्।
प्रदेश
प्रमुख अमिक शेरचनले आज बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित
मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अर्थात
बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्।
आजै दिउँसो साढे १ बजेतिर दाङबाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसैको आधारमा उनी मुख्यमन्त्री बनेका हुन्।
- न्युज बहार संवाददाता