Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यात्रुको सहजीकरणका लागि नेपाल प्रहरीद्वारा फरक रुटमा दुई बस सञ्चालन

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, काठमाडौँ । यात्रुको सहजीकरणका लागि नेपाल प्रहरीले दुई वटा बस चलाउने भएको छ।

आज सोमबार सार्वजनिक यातायात सेवा  यातायात व्यवसायीको आन्दोलनले अवरूद्ध भएपछि नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जनाएका छन।

प्रवक्ता थापाका अनुसार दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्ने र नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।

पहिलो बसको रूट नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।

अर्को बसको रूट नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्ने जनाइएको छ। 

गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित यातायात व्यवसायीहरूले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। अहिले सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा यस विषयमा वार्ता पनि भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप