असोज १६, काठमाडौँ । नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको सिकार बन्नसक्ने खतरा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
अध्यक्ष लिङदेनले आज मंगलबार राप्रपाले काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य विषय विचार गोष्ठीमा बोल्दै यस्तो विचार राखेका हुन् ।
उनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको र यसको कारण वर्तमान सरकारको कमजोर परराष्ट्र नीतिको रहेको बताएका छन ।
- न्युज बहार संवाददाता