वैशाख १७, काठमाडौँ । अहिले बालुवाटारमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ।
प्रधानमन्त्री
केपी शर्मा ओलीको आह्वानमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि सत्तारुढ
दलहरुको बैठक बसेको हो ।
वैशाख १९ गते (शुक्रबार) सङ्घीय संसदको दुवै
सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक नेपाल
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा केन्द्रित
रहेको छ।
- न्युज बहार संवाददाता