पुस १९, काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति
रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
आज
काठमाडौँ अवतरण गरे लगतै शीतलनिवास पुगेर विदेशमन्त्री जयशंकरले राष्ट्रपति
पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
राष्ट्रपति
पौडेलले भेटका अवसरमा जलवायु परिवर्तन असरको न्यूनीकरण, नेपाल भारतबीच कनेक्टीभिटी
र
जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेका कुराहरुमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले उर्जा
शक्ति, कृषि, पर्यटनको
विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह समेत गरेका छन्।
- न्युज बहार संवाददाता