भदौ १८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्।
सोमबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
- न्युज बहार संवाददाता