असोज २१, काठमाडौँ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
आज भएको राष्ट्रपति
र प्रधानमन्त्रीको भेटमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त
राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै
प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको जनाइएको छ ।
यस भेटमा
राष्ट्रपति र प्रधानमन्त्री लगायत प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद
रिमाल, परराष्ट्रमन्त्री डा.आरजु राणादेउवा तथा परराष्ट्र मन्त्रालयका सचिव
सेवा लम्सालको पनि सहभागीता रहेको थियो ।
- न्युज बहार संवाददाता