साउन २८, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई नेकपा (माओवादी केन्द्र) ले फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार बालुवाटारको प्रधानमन्त्री निवासमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका हुन।
उनले मोदीको ठाउँमा अब जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी भएको समेत बताएका छन।
मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी गत माघ ३ गते मन्त्री बनेका थिए।
- न्युज बहार संवाददाता