असार २६, काठमाडौँ। थप दुई जनालाई प्रहरीले ललितानिवास जग्गा प्रकरणमा पक्राउ गरेको छ।
मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन।
आज पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका खरिददार नारायणदास मिश्र र नायब सुब्बा योगराज पौडेल रहेका छन्।
योसँगै ललितानिवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।
- न्युज बहार संवाददाता