असार २७, काठमाडौँ। प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ।
बुधबार पौडेललाई काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन।
आज विनोद पौडेल पक्राउ भए सँगै ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
- न्युज बहार संवाददाता