भदौ १०, काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले ललिता निवास जग्गा प्रकरणमा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । कार्यालयले यही प्रयोजनका लागि ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ स्रोतका अनुसार उनीहरुमाथि किर्तेको अभियोग छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो ।
- न्युज बहार संवाददाता