बैशाख
११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालका राष्ट्रपति
रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते (आज) देखि दुईदिने नेपालको राजकीय
भ्रमण गर्दै छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही भ्रमणका क्रममा उनी आज मंगलबार अपराह्न काठमाडौँ
आइपुग्ने छन ।
स्वयं
राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न जाने राष्ट्रपतिको
कार्यालयले जनाएको छ । नेपाली सेनाले कतारी अमिरको राजकीय भ्रमणका क्रममा सम्मा
स्वरुप २१ तोपको सलामी दिने जनाइएको छ ।
नेपालमा मध्यपूर्व
एसियाबाट पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । उनको नेपाल भ्रमण
कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज वैशाख ११ गते नेपालभर सार्वजनिक
बिदा दिने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले गरेको छ ।
- न्युज बहार संवाददाता