साउन १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन काठमाडौँ महानगरपालिकाले माइकिङ गरेको छ ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राप्रपाको कार्यालय काठमाडौँको धुम्बाराहीस्थित विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको बताएका छन ।
- न्युज बहार संवाददाता