असोज ८, काठमाडौँ । सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी
मिलानको काम काठमाडौँ महानगरपालिकाले अघि बढाउने भएको छ।
कुनै
विद्यालयमा शिक्षक बढी, विद्यार्थी
कम कुनैमा विद्यार्थी संख्या बढी, शिक्षक कम रहेकाले विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरबन्दी
मिलान गर्न लागिएको काठमाडौँ महानगर शिक्षा विभागले जनाएको
छ।
दरबन्दी
मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको शिक्षा विभागका प्रमुख सीताराम
कोइरालाले जानकारी दिएका छन ।
उनले भने 'अहिले विद्यार्थी संख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन्, त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ।'
कोइरालाका अनुसार वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिने र दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर आवश्यकता पूरा गरिने भएको हो ।
- न्युज बहार संवाददाता